काठमाडौँ – नेकपा एमालेले महँगी र भ्रष्टाचार विरुद्ध जनप्रर्दशन गर्ने भएको छ । एमालेले आउँदो १६ गते काठमाडौंमा मानव सागर उतार्ने भएको हो ।
बिहिबार बसेको बैठकमा महासचिव शंकर पोखरेलले साउन १६ गते जनप्रदर्शन गरिने भन्दै उपत्यकास्थित पार्टी कमिटी र जनसङ्गठनलाई निर्देशन दिए ।
यस्तै जनप्रदर्शन विशेष रहेकोले उपत्यकाका सबै जनतालाई उतार्न अभियान चलाइएको आन्दोलन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले बताए । श्रेष्ठले महँगीविरुद्धको जनप्रदर्शनलाई सबैको साझा बनाएर अघि जाने योजना रहेको बताए ।