काठमाडौँ – राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन विधेयक), २०७६’ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले उक्त विधेयकमाथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव सभासमपक्ष पेश गरेका थिए । त्यसअघि राष्ट्रिससभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘कारागार विधेयक, २०७६’ सभासमक्ष टेबुल गरेका थिए ।
यस्तै उनले नै राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको योगमाया ‘आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।