एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्नुपर्ने एमालेको माग-Sutra News

एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्नुपर्ने एमालेको माग

शुक्रबार, १३ साउन २०७९

शुक्रबार, १३ साउन २०७९

काठमाडौं – नेकपा एमाले एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद् भीम रावलले अमेरिकालाई पठाएको पत्र सार्वजनिक गर्नुपर्ने माग राखे ।



एसपीपी अस्वीकार गरेको भन्दै अमेरिकालाई पठाएको पत्र नेपाली जनताले थाहा पाउनुपर्ने उनको भनाई छ । नेपालले एसपीपी अस्वीकार गरेको भन्ने पत्र मात्र गएको होकी सदस्यताबाट पनि नेपाल हटेको हो त्यो स्पष्ट हुनुपर्ने पनि उनले बताए ।

शुक्रबार नै यसै बैठकमा परराष्ट्रमन्त्री नारायण खड्काले नेपालले एसपीपीमा सहभागी नहुने अमेरिकालाई पत्र पठाइसकेको बताइसकेका छन् । उनले गत ६ असारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ९ साउनमा नेपाल एसपीपीमा सहभागी नहुने कूटनीतिकमार्फत अमेरिकालाई जानकारी गराइसकेको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट