काठमाडौं । खोटाङमा भूकम्पको कडा धक्काको महसुस गरिएको छ । आइतबार बिहान सवा ८ बजे खोटाङको हलेसी आसपासलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ६ म्याग्नेच्युडको रहेको छ ।
भूकम्पले काठमाडौं उपत्यका, चितवन लगायतका स्थानमा महसुस गराएको थियो । भूकम्प जाँदा खोटाङमा मानिसहरु घरबाहिर निस्किएका थिए । भूकम्पपछि खोटाङमा के भयो पूर्णविवरण आउन बाकीँ रहेको छ ।