काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् । समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले सो कुरा गरेका हुन् ।
उनले अब त्यस्तो हुन नदिन आगामी निर्वाचनमा सबै स्थानमा उम्मेदवारी दिने बताए । उनले भने ‘गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन,आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने थियो ।’ नेपाले भने ।
गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको उनको भनाइ छ । उनले भने स्थानीय निर्वाचन हेरौं अब गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्ने भन्दै नेपालले भने ,अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’ उनले अहिले पार्टी एकताको लागि गृहकार्य पनि भइरहेको बताए ।