काठमाडौं – आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामो बस्ने भनिएको बैठक स्थगित भएको हो ।
बैठकमा पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गरिने बताइएको थियो । अब यो बैठक साउन २५ गते बसिने माओवादीका एक नेताले बताए ।