फेरि अर्थमन्त्री बने जनार्दन शर्मा-Sutra News

फेरि अर्थमन्त्री बने जनार्दन शर्मा

आइतबार, १५ साउन २०७९

आइतबार, १५ साउन २०७९

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुन स् नियुक्त भएका छन् । आइतबार शर्मालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी हुन् ।



शर्मामाथि आर्थिक वर्ष २०७९/०८० को बजेट पेस गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको आरोप लागेको थियो । सोही आरोप लागेपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

त्यसपछि उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो। छानबिन समितिले पनि शुक्रबार आफ्नो प्रतिवेदन बुझाइसकेको छ । जसमा कुनै प्रमाण नभेटिएको समितिले निष्कर्ष निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट