प्रदर्शनकारीले घर फर्क भन्ने नारा लगाएपछि श्रीलंकाली राष्ट्रपतिले भने-घर भए पो फर्कनु !-Sutra News

प्रदर्शनकारीले घर फर्क भन्ने नारा लगाएपछि श्रीलंकाली राष्ट्रपतिले भने-घर भए पो फर्कनु !

सोमबार, १६ साउन २०७९

सोमबार, १६ साउन २०७९

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले प्रदशर्नकारीले आफूलाई ‘घर जानुहोस’ भन्ने मागको कुनै अर्थ नभएको बताएका छन् । श्रीलंकाको क्यान्डी सहरमा बोल्दै विक्रमासिंघेले केही व्यक्तिले आफूलाई घर फर्किन माग गर्दै विरोध प्रदर्शन गर्ने धम्की दिएको कोलम्बो ग्याजेटले जनाएको छ ।



विक्रमासिंघेले भने, ‘मसँग जाने घर नभएकाले प्रदर्शनकारीलाई त्यस्तो माग  नगर्न आग्रह गरिरहेको छु ।‘

यसअघि प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा माग गर्दै उनको निवासमा आगजानी गरेका थिए । राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिएपछि प्रदर्शनकारीले प्रधानमन्त्रीको राजीनामा मागेका थिए ।

तीब्र विरोधबीच उनी केही दिनअघि श्रीलंकाको राष्ट्रपतिमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट