नाराबाजी गर्दै धरान उपमहानगरका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड-Sutra News

नाराबाजी गर्दै धरान उपमहानगरका मेयर हर्क साम्पाङको कार्यकक्षमा तोडफोड

सोमबार, १६ साउन २०७९

सोमबार, १६ साउन २०७९

काठमाडौँ – धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको कार्यकक्ष तोडफोड भएको छ । आइतबार अपरान्ह ४ बजे धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीले साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षमा तोडफोड गरेका हुन् ।



बराह सहकारीबाट पीडितहरुले आफ्नो माग राख्दा मेयर साम्पाङले कुरा सुन्न छाडेर ‘मलाई सोधेर पैसा राख्न दिएको हो ? भनेपछि उनीहरुले उग्र रुप लिएका हुन् । प्रदर्शनकारीहरुले साम्पाङको कार्यकक्षमा तोडफोड गर्दै नाराबाजी पनि गरेका हुन् । उनीहरुले ‘हर्क साम्पाङ मुर्दावाद को नारा लगाएका थिए ।

उनीहरुले बचतकर्ताको करिब ८ अर्ब रकम हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुःख दिइएको भन्दै बआद्योदन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट