काठमाडौं – विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द मिश्रले जतिसुकै सकारात्मकताको लेप लाउन खोजे पनि देश ठिक ठाउँमा नआउनो बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत मिश्रले सो कुरा गरेक हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर शेयर गर्दै विदेशीसामू झुक्नु भन्दा नेपालीसामू झुक्छु भनेर गद्दी त्याग्दै दरबार छोड्ने तर देश नछोड्ने पश्चगामी कहलाइने सतीले सरापेको देश नेपाल भएको बताएका छन् ।
उनले लेखेका छन् – ‘सतीले सरापेको ? गल्ती सबैले गरे तर छोराछोरीकै सामू बाउआमा गिँड्ने, ढोकाको चौकोसमा घुँडा राखेर बन्चरोले फोर्ने, हजारौंको हत्या गर्ने, दिनदिन निर्लज्ज देश दोहन गर्ने, विदेशीसामू नाङ्गै लम्पसार पर्ने ‘अग्रगामी’र, ‘जनता मारेर राज गर्न मेरो राजधर्मले दिँदैन’, ‘विदेशीसामू झुक्नु भन्दा नेपालीसामू झुक्छु’ भनेर गद्दी त्याग्दै दरबार छोड्ने तर देश नछोड्ने ‘पश्चगामी’ कहलाइने सतीले सरापेको देश हो – नेपाल।हामीले जतिसुकै सकारात्मकताको लेप लाउन खोजे पनि यो भाष्य परिवर्तन नगरि यो देश ठिक ठाउँमा आउँदैन।’