काठमाडौं। अभिनेता विक्रम दि जोशीको नयाँ चलचित्र ‘कैदीको पत्र’ ले बेलायतको चलचित्र सेन्सर बोर्डको सर्टिफिकेट पाएको छ। बेलायतवाट निर्मित यस चलचित्र बेलायतसँगै नेपालमा पनि प्रदर्शनमा आउँदेछ ।
चलचित्र कैदीको पत्रले बेलायतमा १२ ए को सर्टिफिकेट पाएकोमा यस चलचित्रका निर्माता समेत रहेका जोशीले खुशी व्यक्त गरेका छन् । जोशीले यसअघि पासवर्ड, हेल्लो जिन्दगी लगायतका सफल चलचित्रमा काम गरिसकेका छन् । जोशीले चलचित्र कैदीको पत्र अत्यन्त राम्रो चलचित्र बनेको तथा दर्शकले फरक टेष्ट पाउने बताएका छन् ।
यो चलचित्र नेपाली साहित्यकार ईश्वर मानन्धरको अमरकृति कैदीको पत्रमा आधारित छ । सनमकुमार बैरागको निर्देशन रहेको यस चलचित्रमा जोशीको अलावा कैलाश विश्वकर्मा, दिल घले, नानीहेरा बैराग र हिराल जोशी निर्माता छन् । चलचित्रमा जोशीले पनि अभिनय गर्न सक्ने बताइएको छ ।