यस वर्षको बजेट कृषिमा केन्द्रित रहेको अर्थमन्त्री शर्माको भनाई-Sutra News

यस वर्षको बजेट कृषिमा केन्द्रित रहेको अर्थमन्त्री शर्माको भनाई

मंगलबार, १७ साउन २०७९

मंगलबार, १७ साउन २०७९

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले यस वर्षको बजेट कृषिमा केन्द्रित रहेको बताएका छन् । मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै शर्माले सो कुरा गरेका हुन् ।



बजेट कृषिमा केन्द्रित रहेको भन्दै उनले सबै किसानहरुलाई उत्पादनको क्षेत्र लाग्न आग्रह गरे । उनले भने – ‘हामीसँग सबै कुरा छ । अब हामी उत्पादनसँग जोडिनु पर्छ । अहिलेको बजेट कृषिमा केन्द्रित छ । कृषि क्षेत्रको उत्पादनमा सबैलाई सहभागी गरौँ । काठमाडौंको लागि चाहिने तरकारी काठमाडौं आसपासको जिल्लाले उत्पादन गरौँ ‘

आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बजेट पास भएको उनको भनाई छ । उनले भने – ‘ हामीले ल्याएको बजेट पनि उत्पादन मुखी नै रहेको छ । किसानलाई पेन्सनको व्यवस्था समेत बजेटमा रहेको छ ।’

“म किसान नेतालाई आह्वान गर्न चाहन्छु, तपाइँहरुको अगुवाइमा अबको उत्पादन अभियान अघि बढोस्, काठमाडौँमा आयात हुने तरकारी वरिपरिका जिल्लाले पूर्ति गर्ने गरी अभियान चलाउनुहोस्”, अर्थमन्त्री शर्माले भने, “बुढा किसान खेतबारीको डिलमा उभिनुहोस्, युवा किसानलाई उत्पादनमुखी काममा लगाउनुहोस् ।”

उनले श्रम, स्रोत र प्रविधिको परिचालनबाट मात्रै मुलुकलाई समृद्धि पार्न सकिने बताए । लघुवित्तले अब सहुलियतपूर्ण ऋण दिने कुरा संसद्ले पारित गरेको जानकारी गराउँदै अर्थमन्त्री शर्माले किसानको घर–खेतमा गएर सहुलियत ऋण लगानी गर्ने कुरा पनि अघि बढाइएको र किसान पेन्सनको कुरा अघि बढाइएको सुनाए । उनले आजको राष्ट्रियता भनेको सबल अर्थतन्त्र हो भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट