काठमाडौं – निर्देशक सन्तोष सेनको फिल्म प्रेम गीत–३ अहिले निकै चर्चामा छन् । कोरोनाभाइरसको संक्रमणका कारण लामोसमयदेखि प्रदर्शनमा आउन नसकेको यस फिल्म अब असोज ७ गते नेपाल र भारतसहित विश्व बजारमा प्रदर्शनमा आउँदैछ ।
लामोसमयदेखि फिल्मलाई पर्खिरहेका दर्शक हेर्न आतुर छन् । यो फिल्म भारतमा पनि प्रदर्शनमा आउने भएकाले मंगलबार मुम्बईको एक रेस्टुरेन्टमा पत्रकार सम्मेलन पनि गरिएको छ । सम्मेलनमा निर्देशक सन्तोष सेन, कलाकारहरु प्रदीप खड्का, क्रिस्टिना गुरुङ लगायतका कलाकार सहभागी भएका थिए ।
पत्रकार सम्मेलनमा उनीहरुलाई भारतिय सञ्चारमाध्यमले घेरेका थिए । उक्त कार्यक्रममा प्रदीपले नेपाल र भारतबीच खुला सीमानासँगै खुला हृदय भएको कुरा गरे । अहिले मुम्बईका सडकमा यस फिल्मको पोष्टर देख्न सकिन्छ ।
मुम्बईका विभिन्न स्थानमा फिल्मको पोष्टर लगाइएको छ । यसअघि हलिउड र बलिउड फिल्मका पोष्टर लाग्ने भित्तामा नेपाली फिल्मको पोष्टर छ ।