चीन र अमेरिकाबीच युद्ध हुन सक्ने सम्भावना: चीनले भन्यो- अमेरिकाले ठुलो मूल्य चुकाउनुपर्नेछ !-Sutra News

चीन र अमेरिकाबीच युद्ध हुन सक्ने सम्भावना: चीनले भन्यो- अमेरिकाले ठुलो मूल्य चुकाउनुपर्नेछ !

बुधबार, १८ साउन २०७९

बुधबार, १८ साउन २०७९
Symbolic of Sino-American relations, the flag of the United States of America and the flag of the Republic of China fly together on flag poles next to each other on a sunny, windy day.

अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पोलोसीको चीन भ्रमणलाई लिएर कूटनीतिक विवाद बढेको छ । पेलोसीको भ्रमणको विरोधमा चीनले अमेरिकी राजदूतलाई बोलाएको छ । चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाका अनुसार अमेरिकी राजदूत निकोलस बन्र्ससँगको कुराकानीको क्रममा उप–विदेशमन्त्री झी फेङले पेलोसीको भ्रमणकोे कडा विरोध गरेका थिए ।



‘यो कदम प्रकृतिमा अत्यन्तै डरलाग्दो छ र परिणामहरू अत्यन्त गम्भीर छन्’ उनले भनेका छन् ।
अमेरिकाले ‘आफ्नो गल्तीको मूल्य आफै तिर्ने’ र वासिंगटनलाई  तत्काल आफ्ना गल्तीहरूलाई सम्बोधन गर्न’ उनले चेतावनी दिएको सिन्ह्वाले रिपोर्ट गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट