ताइवानको संसदलाई पेलोसीले गरिन् सम्बोधन, भनिन् – ताइवान विश्वकै सबैभन्दा स्वतन्त्र समाज-Sutra News

ताइवानको संसदलाई पेलोसीले गरिन् सम्बोधन, भनिन् – ताइवान विश्वकै सबैभन्दा स्वतन्त्र समाज

बुधबार, १८ साउन २०७९

बुधबार, १८ साउन २०७९

एजेन्सी – अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानकी राष्ट्रपति साइ इङ वेनको नेतृत्वलाई धन्यवाद दिँदै बढ्दो अन्तर संसद सहकार्यका लागि आह्वान गरेकी छिन् । ताइवानको संसदलाई सम्बोधन गर्दै पेलोसीले उक्त आह्वान गरेकी हुन् ।



पेलोसीले ताइवानको अगाडि भनिन्, ‘हामी ताइवानलाई विश्वको सबैभन्दा स्वतन्त्र समाज भएकोमा प्रशंसा गर्छौं ।’

अमेरिकी चिप उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्न बलियो बनाउने उद्देश्यले नयाँ अमेरिकी कानूनले ‘अमेरिका–ताइवान आर्थिक सहयोगको लागि ठूलो अवसर प्रदान गर्ने ’ उनले बताइन् । चीनको विदेश मन्त्रालयले पेलोसीको भ्रमणले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर हानी पुर्‍याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट