देउवा र प्रचण्डको नजरमा चोखिए पनि अर्थमन्त्री शर्मालाई जनताले सजाय दिनेछन् – एमाले-Sutra News

देउवा र प्रचण्डको नजरमा चोखिए पनि अर्थमन्त्री शर्मालाई जनताले सजाय दिनेछन् – एमाले

बुधबार, १८ साउन २०७९

बुधबार, १८ साउन २०७९

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले अर्थमन्त्री जनार्दन शर्माले व्यापारिक घरानासँगको सेटिङमा बजेट ल्याएको शर्माले व्यापारिक घरानासँगको सेटिङमा बजेट ल्याएको बताएका छन् । बुधबार प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले सो कुरा गरेका हुन् ।



उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा अर्थमन्त्री शर्मा चोखिएको बताए । उनले भने – ‘अर्थमन्त्रीले जनताका लागि भन्दा पनि व्यापारिका पक्षमा बजेट ल्याएका छन् । देउवा र प्रचण्डका नजरमा त उनी चोखिएलान् । तर, जनताले सजाय दिनेछन् ।’

उनले देउवा र प्रचण्डको नजरमा चोखिए पनि अर्थमन्त्री शर्मालाई अब जनताले सजाय दिने बताए । उनले गठबन्धनका बाबजुद पनि एमालेको जनमत नघटेको दावी पनि गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट