चीनतर्फ संकेत गर्दै ताइवानकी राष्ट्रपतिले भनिन्–कहिल्यै पछि हट्दैनौँ-Sutra News

चीनतर्फ संकेत गर्दै ताइवानकी राष्ट्रपतिले भनिन्–कहिल्यै पछि हट्दैनौँ

बुधबार, १८ साउन २०७९

बुधबार, १८ साउन २०७९

एजेन्सी – ताइवानकी राष्ट्रपति साई इङ्ग वेनले आफ्नो अडानबाट कहिल्यै पछाडि नहट्ने प्रतिबद्धता दोहोर्‍याएकी छिन् । अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान टापुको भ्रमणका कारण चीनबाट बढ्दो सैन्य धम्कीबीच उनले आफ्नो अडान र प्रतिबद्धता दोहोर्‍याएकी हुन् ।



चीनतर्फ संकेत गर्दै उनले ताइपेईले ‘योजनाबद्ध सैन्य खतरा’ को सामना गरिरहेको तर देश पछि नहट्ने प्रतिबद्धता जनाइन् । ‘हामी लोकतन्त्रको रक्षाको लाइनलाई निरन्तरता दिनेछौं’ उनले भनिन् ।

उनले ‘महत्वपूर्ण घडीमा ताइवानको लागि आफ्नो कट्टर समर्थन देखाउन ठोस कार्य चालेकोमा’ पेलोसीलाई धन्यबाद दिइन् । साई इङ्ग वेन सन् २०१६ मा ताइवानको पहिलो महिला राष्ट्रपति बनेर इतिहास रचेकी थिइन् । उनले आफ्नो कार्यकालमा ताइवानमा समलिंगी विवाहलाई कानुनी मान्यता दिएकी छिन् ।

जारी क्षेत्रीय विवादमा चीनको विरुद्धमा दृढताका साथ उभिएकी उनी सन् २०२० मा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी थिइन् ।ताइवानलाई चीनले आफ्नो महत्वपूर्ण हिस्साको रुपमा हेर्दै आएको छ, जसलाई ताइपेयले अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट