अभिनेत्री नीता ढुंगाना अस्पतालबाट डिस्चार्ज, सफल अप्रेसन-Sutra News

अभिनेत्री नीता ढुंगाना अस्पतालबाट डिस्चार्ज, सफल अप्रेसन

बुधबार, १८ साउन २०७९

बुधबार, १८ साउन २०७९

काठमाडौं – अभिनेत्री नीता ढुंगाना अस्पतालबाट डिस्चार्ज भएकी छिन् । एपेन्डीसाइट भएपछि काठमाडौंको मेडीसिटि अस्पताल भर्ना भएकी उनी उपचारपछि मंगलबार डिस्चार्ज भएकी हुन् ।



उनको ‘एपेन्डीसाइट’ को सफल अप्रेशन भएको हो । नीताको ‘एपेन्डीसाइट’ को सफल अप्रेशन भएको र डिस्चार्ज भएको बारे उनका श्रीमान तथा अभिनेता हरिहर अधिकारीले सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

उनले डाक्टर र अस्पताललाई धन्यवाद पनि दिएका छन् । नीता गत आइतबार अचानक अस्वस्थ भएपछी अस्पताल भर्ना भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट