लमजुङ – पहिरोले बिजुलीको पोल ढल्दा बेँसीशहर चामे सडक अवरुद्ध भएको छ ।
मर्स्याङ्दी गाउँपालिका-४ रामबजारमा बिहीवार बिहान सवा ११ बजेदेखि सडक अवरुद्ध भएको डुम्रे बेँसीशहर चामे सडक योजनाका कार्यालयका प्रमुख अच्युतविलास पन्तले बताए।
सडक माथिबाट पहिरो खसेको र पहिरोले सडकमा रहेको बिजुलीको पोल ढलेकाले सडक अवरुद्ध भएको हो ।
सडक अबरुद्ध हुँदा बेसिशहरबाट मनाङतर्फ जाँदै गरेका सवारी बेसिशहरतर्फ र मनाङबाट बेसिशहर आउदै गरेका सवारीसाधन मनाङतर्फ नै रोकिएका छ्न ।