काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनबहादुर थापा र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेटवार्ता भएको छ । बुधबार मेयर बालेनसँगबो भेटबारे नेता थापाले सामाजिक सञ्जामार्फत जानकारी गराएका छन् ।
उनले आफूहरुबीच काठमाडौँको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा छलफल भएको बताएका छन् ।
भेटमा नेता थापाले काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा आफ्नो निरन्तर साथ रहने बताए । भेटबारे थापाले जानकारी दिदै भने – ‘हिजो काठमाडौँ महानगर प्रमुखज्यूसँग काठमाडौँको फोहोर मैलाको व्यवस्थापन,सम्पदा संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन,सहरी स्वास्थ्य सेवा लगायतका विषयमा अर्थपूर्ण छलफल भयो।काठमाडौँको महानगरको सकारात्मक पहलकदमीमा मेरो निरन्तर साथ रहने छ।’