काठमाडौं – सरकारले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन एकैचरणमा गर्ने निर्णय गरिसकेको छ । निर्वाचनको मिति पक्का भएसँगै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार कामचलाउ बनेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेसँगै गठबन्धन सरकार काम चलाऊ सरकारमा परिणत भएको हो ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी नेपाल लगायतका ५ दलहरु छन् । अब यो गठबन्धन सरकारलाईं काम चलाउ सरकारको रुपमा लिइन्छ । सरकार कामचलाउ भएपछि धेरै महत्त्वपूर्ण निर्णय गर्न पाइदैन ।
त्यसैले सरकारले आज नै धेरै महत्त्वपूर्ण निर्णय र कर्मचारी सरुवा गरेको छ । अब सरकारले नियमित दैनिक प्रशासनिक कामबाहेक दीर्घकालीन असर पर्ने नीति–कार्यक्रम, बजेट र योजना ल्याउन पाउँदैन ।