राजेश हमालले सोधे- के यो बाउ बन्ने उमेर हो ?-Sutra News

राजेश हमालले सोधे- के यो बाउ बन्ने उमेर हो ?

बिहिबार, १९ साउन २०७९

बिहिबार, १९ साउन २०७९

काठमाडौँ । नेपाली चलचित्रको जगतमा एकदमै धेरै चर्चा कमाएका नायक हुन् राजेश हमाल ।



नायक हमालले ‘छड्के २’ मा बाबुको भूमिका खेल्न अस्वीकार गरेका थिए ।  त्यसपछि उनको सट्टामा अर्का नायक पुगेका थिए ।

उनले ठट्यौली पारामा आफ्नो यो उमेर बाबु बन्ने नभएको बताएका छन् । रियालीटी शोको एक कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘बाबु त हुन्छु तर आमाबाबुको बाबु हुन्छु। छोराछोरीको होइन। के यो बाउ हुने उमेर हो ?’

हमाल पछिल्लो समय खासै फिल्म क्षेत्रमा संलग्न छैनन्  ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट