काठमाडौं – सत्ता गठबन्धन दलको बैठक अहिले सरकारी निवास बालुवाटारमा जारी छ । बैठकमा प्रतिनिधि तथा प्रदेश सभा चुनावमा सत्तारुढ दलबीच सिट बाँडफाँटको विषयमा छलफल भइरहेको छ ।
बिहिबार सरकारले आउँदो निर्वाचन मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । चुनावको मिति सार्वजनिक भएपछि गठबन्धनको बैठक आज पहिलो पटक बसेको हो ।