दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ घाइते-Sutra News

दक्षिण कोरियाको अस्पतालमा आगलागी हुँदा ५ जनाको मृत्यु, ३७ घाइते

शुक्रबार, २० साउन २०७९

शुक्रबार, २० साउन २०७९

सियोल – दक्षिण कोरियाको राजधानी सियोलबाट करिब ५० किलोमिटर दक्षिणपूर्वमा रहेको इचेनस्थित एक अस्पतालको भवनमा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने अन्य ३७ जना घाइते भएका छन् ।



स्थानीय समयानुसार बिहान १०:१७ बजे (०११७ जीएमटी) चार तले भवनमा आगलागी भएको थियो । त्यस भवनको चौथो तल्लामा डायलासिस बिरामीहरू उपचाररत छन भने दोस्रो र तेस्रो तल्लामा कार्यालयहरू छन्। अस्पतालमा ३३ बिरामी र १३ जना स्वास्थ्यकर्मीमध्ये ५ जनाको मृत्यु भएको थियो । तीन जना बिरामी र एक नर्स थिए भने बाँकी एकको पहिचान हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट