आजकल देउवालाई किन टेर्दिनन् आरजु ?-Sutra News

आजकल देउवालाई किन टेर्दिनन् आरजु ?

शनिबार, २१ साउन २०७९

शनिबार, २१ साउन २०७९

काठमाडौँ । आगामी मङ्सिर ४ गते चुनाव घोषणा भएसंगै को नेता कहाँबाट चुनाव लड्ने भन्ने विषयको चर्चा हुन थालेको छ ।



प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नी पत्नी आरजुलाई डडेलधुराबाट उठाउन खोजेका छन् तर उनको ध्यान अन्तै मोडिएको छ ।

आरजु आगामी चुनावमा बर्दीयाबाट उठ्ने तयारीमा रहेको स्रोतले जनाएको छ । देउवाले डडेलधुरा प्रस्ताव गरे पनि उनी बर्दिया-२ बाट लड्ने आकांक्षामा देखिएकी हुन् ।

चुनावपछिको प्रधानमन्त्रीमा आरजुको नामसमेत चर्चामा रहेको छ । तर चुनाव अगाडी नै कहाँबाट उम्मेदवारी दिने भन्नेमै देउवा र आरजुको कुरा मिलेको छैन ।

आरजुले नै डडेलधुरा छोडेर बर्दिया रोजेपछि अहिले कांग्रेस शीर्ष नेताहरु सोहीअनुसार छलफलमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट