काठमाडौँ । चर्चित कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको भूमिका रहेको फिल्म ‘महापुरुष’को प्रदर्शन मिति घोषणा भएको छ ।
निर्माण कम्पनी षट्कोण आर्ट्सले कात्तिक ११ गतेलाई रिलिज डेटको रुपमा तय गरेको हो । फिल्म भाइटीकाको भोलिपल्ट प्रदर्शन हुनेछ ।
एक पोस्टरमा हरिवंश र गौरी मल्ल बेहुला-बेहुली लुक्समा देखिएका छन् ।