काठमाडौं – सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रसको शीर्ष नेताहरुको बैठक अहिले जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा आउँदो निर्वाचनको लागि सिट बाँडफाँटबारे छलफल भइरहेको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गर्ने सत्ता गठबन्धनमा सहमति भएर सिट बाँडफाँटका लागि कार्यदल गठन भइसकेको अवस्थामा देउवाले पार्टीमा छलफल भएको हो । सिटबाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलको बैठक पनि आज नै बस्दै छ ।
सिट बाँडफाँटमा पार्टीको अवस्था कस्तो हुने, कुन आधारमा कति सिट लिने, अरुलाई कति दिने लगायका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बैठक राखेको स्रोतको भनाइ छ ।