ओली चढेको सिमृक एयरको हेलिकप्टर आकस्मिक अवतरण-Sutra News

ओली चढेको सिमृक एयरको हेलिकप्टर आकस्मिक अवतरण

सोमबार, २३ साउन २०७९

सोमबार, २३ साउन २०७९

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकोप्टर आकस्मिक अवतरण गरेको छ । सोमबार ओली चढेको सिमृक एयरको हेलिकप्टर मौसम खराबीका कारण सिमरा एयरपोर्टमा आकस्मिक अवतरण गरेको हो ।



ओली नेकपा एमाले रौतहटले ‘चलु गौर,भरूँ गौर’ भन्ने नाराका साथ आयोजना गरेको आमसभालाई सम्बोधन गर्न त्यसतर्फ गएका थिए । उक्त आमसभामा एक लाख मान्छे उतार्ने योजना रहेको थियो । ओलीको भाषण सुन्न आएका नेता कार्यकर्ता तथा स्थानीयहरु कुरेर बसेको बतायएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट