परराष्ट्रमन्त्री आज चीन उड्ने-Sutra News

परराष्ट्रमन्त्री आज चीन उड्ने

मंगलबार, २४ साउन २०७९

मंगलबार, २४ साउन २०७९

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्का तीन दिवसीय भ्रमणका सिलसिलामा मंगलबार चीन जाने भएका छन् ।  चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा उनी चीन जान लागेका हुन् ।



मन्त्री खड्काले बुधबार चीनको क्ङिदाओमा समकक्षी वाङसँग प्रतिनिधि मण्डलस्तरीय छलफल गर्ने कार्यक्रम रहेको छ। मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा चिनियाँ समकक्षीले भोजको आयोजना गर्ने कार्यक्रम छ।

नेपालले गत शुक्रबार ताइवानका सम्बन्धमा विकसित पछिल्लो घटना क्रमलाई नजिकबाट नियालिरहेको र नेपालले सदैव एक चीन नीतिको समर्थन गर्दै आएको जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट