नागरिकतामा अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्न सांसदको माग-Sutra News

नागरिकतामा अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्न सांसदको माग

मंगलबार, २४ साउन २०७९

मंगलबार, २४ साउन २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरूले नागरिकतामा अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्न माग गरेकी छन् ।



मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद जैरूले दलित समुदायको नागरिकतामा नाम बिगार्ने र अपमानीत नाम लेख्ने अधिकृतलाई कारबाही गर्नुपर्ने बताएकी हुन् ।

अधिकृतलाई कारबाही गर्न रुलिङ जारी गर्न सभामुख अग्निप्रसाद सापकोटासँग माग गरेकी उनले बैठकमा भनिन्, ‘नागरिकतामा कुकुर र कुकुर्नी लेख्ने प्रशासकीय अधिकृतहरूलाई गृह मन्त्रालयमा बोलाइयोस् र निलम्बन गरियोस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट