थप १०९० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित कति पुगे ?-Sutra News

थप १०९० जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित कति पुगे ?

मंगलबार, २४ साउन २०७९

मंगलबार, २४ साउन २०७९

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप एक हजार ९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।



मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार ६ हजार ३०० नमुना परीक्षण गर्दा एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दुई हजार ९५८ नमुनाको पीसीआर परीक्षण गर्दा ५६० जनामा र तीन हजार ३४२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ५३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४३८ जना कोरोना संक्रमणमुक्त हुँदा एक जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार पाँच हजार ३५१ नमुना परीक्षण गर्दा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ४७० जना संक्रमणमुक्त भएका थिए । साथै एक जना संक्रमितको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट