१० हजारबढी नायब सुब्बा आन्दोलनमा, कामकाज ठप्प-Sutra News

१० हजारबढी नायब सुब्बा आन्दोलनमा, कामकाज ठप्प

बुधबार, २५ साउन २०७९

बुधबार, २५ साउन २०७९

संघीय सरकारका १० हजारभन्दा बढी नायब सुब्बा मंगलबार एकाएक आन्दोलित हुँदा संघीय सरकार मातहतका सबै कार्यालय ठप्प भए । जसका कारण सेवाग्राहीले दुःखकष्ट भोग्न बाध्य भए ।



सरकारी कार्यालयमा सेवा लिन आएका सेवाग्राही ‘बिनासँचना कार्यालयले सेवा नदिएको’ भन्दै आक्रोशित बने । सिंहदरबारस्थित मन्त्रालयका काम काजसमेत सुब्बाको आन्दोलनका कारण ठप्प भएको हो ।

सुब्बा एकैपटक बिदामा मात्रै बसेनन्, सिंहदबारमा नाराबाजीसमेत गरे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालय गेटबाहिर उनीहरूले सरकारविरुद्ध नाराबाजीसमेत गरे ।

निजामती सेवा ऐनको दफा ५१ मा ‘निजामती कर्मचारीले कुनै पनि कार्यालय वा अधिकृतको कानुनद्वारा निर्धारित कर्तव्य पँरा गर्नमा बाधा–विरोध हुनेगरी हड्ताल वा कलम बन्द गर्न नपाइने’ व्यवस्था गरिएको छ । यसविपरीत नायब सुब्बाले आन्दोलन गरेका हुन्

सुब्बाहरू एकैपटक आन्दोलनमा उत्रिएपछि देशभरका जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, यातायात, वैदेशिक रोजगार, श्रमलगायत कार्यालयका काम ठप्प भए । सेवाग्राही कार्यालयमा गएर त्यसै फर्कन बाध्य भएका थिए ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुरमा समेत मंगलबार कुनै काम हुन सकेन । देशभरका संघीय कार्यालय यसरी नै ठप्प भए । कार्यालय एकाएक ठप्प हुँदा सरकारका अधिकृत, उपसचिव, सहसचिव र सचिव नै अचम्ममा परे । देशभरका नायब सुब्बालाई एकैपटक बिदा दिने सम्बन्धित अधिकारी र कार्यालय प्रमुख पनि दोषी देखिएका छन् ।

मन्त्रालय तथा अन्य सरकारी कार्यालयमा मंगलबार काम गर्न गएका सुब्बाभन्दा माथिका र तलका सबै कर्मचारी बेकामेजस्तै बने । कुनै पनि काममा टिप्पणी उठाएर त्यसलाई अधिकृत वा माथिल्लो निकायमा पु¥याउन सुब्बाको ठँलो भँमिका रहन्छ । यस्तो भँमिकामा रहने उनीहरू अनुपस्थित भइदिँदा सबै सरकारी कार्यालयका काम ठप्प भएको हो ।

आन्दोलनमा उत्रिएका सुब्बाले आफँहरूले बिदा लिएको बताएका छन् । तर, आन्दोलन गर्नकै लागि उनीहरूलाई ‘किन बिदा दिइयो ?’ भन्ने प्रश्न उठेको छ ।

निजामती सेवा ऐनको दफा ५० र ५१ मा निजामती कर्मचारीलाई प्रदर्शन, हड्ताल, थुनछके तथा घेराउ गर्न प्रतिबन्ध लगाइएको छ । ऐनको दफा ५१ मा ‘निजामती कर्मचारीले कुनै पनि कार्यालय वा अधिकृतको कानुनद्वारा निर्धारित कर्तव्य पँरा गर्नमा बाधा विरोध हुनेगरी हड्ताल वा कलम बन्द गर्न नपाइने’ व्यवस्था गरिएको छ । यसविपरीत नायब सुब्बाले आन्दोलन गरेका हुन् ।

नायब सुब्बाहरूले सोमबारमात्रै ‘सरकारले उपल्लो तहका कर्मचारीको मात्रै नियमविपरीत तलब वृद्धि गरेको र आफँलगायत साना तहका कर्मचारीलाई विभेद गरेको’ भन्दै विरोध जनाएका थिए ।

उनीहरूको विरोधसँगै अर्थमन्त्री जनार्दन शर्माले ‘कसैलाई पनि विभेद नहुनेगरी तलब समायोजन गर्ने’ प्रतिबद्धता जनाएका थिए । मन्त्रीको प्रतिबद्धतापछि पनि नायब सुब्बाले मंगलबार ‘विरोध कार्यक्रम’ जारी राखे ।

नायब सुब्बाहरूका अनुसार सरकारले ल्याउन लागेको संघीय निजामती सेवा ऐनको प्रस्तावित विधेयकमा ‘नायब सुव्बाको बढुवा संकुचन गर्न लागेको’ र ‘त्यस्तो व्यवस्था गरिए मान्य नहुने’ भन्दै त्यसविरुद्ध आन्दोलन गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने १० हजार सुब्बा एकैदिन बिदा बसेर आन्दोलनमा उत्रिनु गलत भएको बताएको छ । मन्त्रालयले उनीहरूलाई ‘एकैपटक किन बिदा दिइयो ?’ भन्ने’bout समेत खोजी गर्ने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त अधिकारी नायब सुब्बाहरूले आप्mना माग शान्तिपँर्ण रूपमा पेस नगरी एकाएक आन्दोलनमा उत्रनुलाई ‘जायज’ मान्न नसकिने बताउँछन् । उनले उनीहरूका माग’bout मन्त्रालय बेखबर रहेको पनि स्पष्ट पारे ।

‘उहाँहरू किन बिदामा बसेर आन्दोलनमा उत्रनुभयो, हामीलाई औपचारिक जानकारी भएन तर त्यसरी विरोध र नारा जुलुमा उत्रनु निजामती सेवा ऐनविपरीतको काम हो,’ प्रवक्ता अधिकारीले राजधानीसँग भने । राजधानी सैनिक

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट