काठमाडौं – मंगलबार राति भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि आसपासका केही क्षेत्र डुवानमा परेका छन् । बर्षाका कारण काठमाडौंको काँडाघारीस्थित प्रहरी प्रभागको भवन पनि डुबानमा परेको छ ।
भवनको एक तलाको सबै भाग डुबानमा परेको जनाइएको छ । बाढीका कारण प्रहरी कार्यालयमा भएको खाद्यान्न, फर्निचर, लत्ताकपडा, भान्साका सामान बगाएको प्रहरी परिसर काठमाडौंले बताएको छ ।