काठमाडौं – भारतिय टीभी जगतका चर्चित अभिनेता धीरज धूपर बुबा बनेका छन् । टीभि सिरियल ‘कुण्डली भाग्य’ मा करण नामले चिनिएका उनले आफू बुबा बनेको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले पत्नी विन्नी अरोराले छोरालाई जन्म दिएको जानकारी दिए ।
पिता बनेसँगै उनलाई बधाइ दिनेको अइरो लागेको छ । धीरजले २०१६मा आफ्नी गर्लफ्रेन्ट विन्नीसँग विवाह गरेका थिए । यो जोडीको भेट २०९९मा शो माता(पिता के चरणों में स्वर्ग’ को सेटमा भेट भएको थियो । ६ वर्ष लामो प्रेम सम्बन्ध पछि उनीहरुले विवाह गरेका थिए । धिरज टिभी सिरियल’ कुण्डली भाग्य’मा करणको भुमिका निभाएका थिए । अहिले भने उनले शो छाडेका छन् ।