काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिले नागरिकता विधेयक रोक्न नहुने बताएका छन् । जापानको पाँच दिने भ्रमण सकेर बुधबार स्वदेश फर्केका प्रचण्डले सो कुरा गरेका हुन् ।
उनले राष्ट्रपतिले नागरिकता विधेयक नरोक्नेमा विश्वास रहेको उनले बताए । उनले भने – ‘राष्ट्रपतिले रोक्नुहुन्न भन्ने मलाई लाग्छ’
यस्तै उनले पार्टी पदाधिकारी पनि छिट्टै टुंगो लगाइने पनि बताए । गठबन्धनले सिटको बाँडफाँट छिट्टै टुंग्याउने पनि बताउ । यस्तै उनले जापानमा रहँदा जापानी अधिकारीसँग भएको भेटमा नेपालमा प्रविधि, फोहोर व्यवस्थापन, कृषि तथा जलविद्युत क्षेत्रमा लगानी लगायतका बिषयमा कुराकानी भएको बताए ।