जम्मु र कश्मीरमा भएको हमलामा तीन भारतीय सुरक्षाकर्मीको मृत्यु-Sutra News

जम्मु र कश्मीरमा भएको हमलामा तीन भारतीय सुरक्षाकर्मीको मृत्यु

बिहिबार, २६ साउन २०७९

बिहिबार, २६ साउन २०७९

एजेन्सी – जम्मु र कश्मीरमा भएको आक्रमणमा भारतीय सिपाहीको मृत्यु भएको छ । विद्रोहीको हमलामा उनीहरुको मृत्यु भएको भारतीय सञ्चार माध्यम एनडीटीभीले जनाएको छ ।



जम्मु र कश्मीरको रजौरीमा विद्रोहीको हमलामा तीन सैनिकको मृत्यु भएको जनाइएको छ । उक्त हमलामा दुई सैनिक घाइते भएका जनाइएको छ । विद्रोहीतर्फ भएको क्षतिबारे केही खुलाइएको छैन् ।

घटनास्थलमा थप सुरक्षा फौज परिचालन गरिएको प्राप्त विवरणमा जनाइएको छ । भारत प्रशासित काश्मीरमा विखन्डनकारी समूह र सुरक्षा फौजबीज बारम्बार झडप हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट