काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी घाइते भएकी छन्। सुटिङ गर्ने क्रममा लडेर उनी घाइते भएकी छिन् । लडेर खुट्टा भाँचिएपछि उनी अस्पताल भर्ना भएकी छिन् ।
आफ्नो खुट्टा भाँचिएर अस्पतालमा रहेको बारे शिल्पा आफैले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले हालै सामाजिक सञ्जालमा तस्बिर राख्दै आफ्नो खुट्टा भाँचिएको जानकारी दिएकी हुन्।
तस्बिरमा उनी अस्पतालमा ह्विलचेयरमा बसेको देखिएको छ। तस्बिरमा उनलाई प्रशंसकहरूले चाँडै निको हुनु भनेर शुभकामना दिएका छन्। उनले लेखेकी छन्, रोल, क्यामरा र एक्सन भयो र मेरो खुट्टा भाँचियो। अब ६ हप्तासम्म म कुनै एक्सन गर्न पाउँदिनँ। तर जब फेरि फर्केर आउँछु तब पहिलेभन्दा राम्रो भएर आउँछु।
उनले अभिनय गर्ने वेबसिरिज ‘इन्डियन पुलिस फोर्स’ रोहित शेट्टीले निर्देशन गरिरहेका छन् ।