काठमाडौं – बलिउडकी चर्चित अभिनेत्री हुन् कंगना रनौत । फिल्म गैंगस्टर बाट फिल्मी करियर शुरु गरेकी कंगना अहिले बलिउडकी क्वीन नामले चिनिएकी छिन् ।
सामाजिक सञ्जालमा सक्रिय रहने कंगनाले आफ्ना दैनिक कार्यहश्रु पनि फ्यानमाझ शेयर गर्ने गर्छिन् । धेरैजसो उनी आफ्नो खुलासाका कारण चर्चामा रहन्छिन् । हरेक दिन कसै न कसैको बारेमा आफ्नो धारणा व्यक्त गरिरहने उनी फेरि पनि आफ्नै एक बोलीले चर्चामा छिन् ।
यसपटक उनले आफ्नै जिवनको खुलासा गरेकी छिन् । चकित पर्नुहोला, तर यसपटक उनले अभिनेता शाहिद कपुरको बारेमा खुलासा गरेकी छन् । उनको कुरा सुनेपछि फ्यानहरु निकै अचम्ममा परेका छन् । कंगनाले आफूले शाहिदसँग रात बिताएको बताएएपछि फ्यान नै चकित परेका हुन् ।
उनले एकपटक नचाहे पनि बलिउड अभिनेता शाहिद कपूरसँग रात बिताएको बताएकी छन् । कंगनाले शाहिदसँग बिताएको रात आफ्नो लागि दुःस्वप्नभन्दा कम नभएको पनि बताइन् । फिल्म ‘रंगुन’ को सुटिङ चलिरहेको बेला उनले यस्तो भएको बताएको भारतिय मिडियामा जनाइएको छ ।
त्यो अवधिमा कंगना एकै ठाउँमा रात बस्नुपरेको थियो । तर त्यहाँ धेरै केटीहरू थिएनन्। कोठा नहुँदा शाहिद, कंगना र केही क्रु सदस्य एउटै कोठामा बस्नुपरेको थियो । तर कंगना दुखी हुनुको कारण अर्कै थियो । वास्तवमा, साहिद र चालक दलका सदस्यहरूले रातभर गीतहरू बजाए। जसका कारण कंगना राम्ररी सुत्न पनि सकिनन् । त्यसकारण उनी रिसाएकी थिइन् ।