काठमाडौं, २७ साउन-काठमाडौंमा विद्युतीय गाडीको प्रदर्शनी गर्न लागेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) ले स्टल बुकिङका लागि आब्हान गरेको छ।नेपालमै पहिलो पटक आयोजना हुन लागेको विद्युतीय सवारी साधनको बृहत् प्रदर्शनीका लागि आगमी १ भदौं देखी ५ भदौंसम्मका लागि स्टल बुकिङका लागि आब्हान गरेको हो ।
सो प्रदर्शनीमा सवारी साधन र तीनका विभिन्न सरसामान, पार्टपुर्जा लगायत राखिने आयोजकले नाडाले जनाएको छ । पछिल्लो समय इन्धनमा चर्को मूल्य वृद्धि हुँदै गएपछि विश्व बजारमा विद्युतीय सवारी साधनप्रति उच्च आकर्षण देखिर्दै गएको छ । सोही विषयलाई मध्यनजर गर्दै विद्युतीय सवारी साधन मात्रको प्रदर्शनी गर्न लागिएको नाडाका अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।