दश करोड डाउनलोड पूरा गर्ने पहिलो नेपाली एप बन्यो कलब्रेक-Sutra News

दश करोड डाउनलोड पूरा गर्ने पहिलो नेपाली एप बन्यो कलब्रेक

शुक्रबार, २७ साउन २०७९

शुक्रबार, २७ साउन २०७९

कलब्रेक नामक गेमिङ एप १० करोड डाउनलोड पूरा गर्ने पहिलो नेपाली एप बनेको छ । टेस्लाटेकले तयार पारेको यो मोबाइल एपले बिहीबार गुगल प्ले स्टोरमा उक्त आँकडा पार गरेको हो ।



सुजन शाक्यले तयार पारेको यो गेमको पहिलो भर्सन २ नोभेम्बर २०१४ मा सार्वजनिक भएको थियो । परम्परागत रुपमा खेलिने तासको लोकप्रिय खेल कलब्रेकलाई नै एपको रूपमा विकसित गरी यो ‘मल्टी प्लेयर’ (एकभन्दा बढीले खेल्न मिल्ने) गेमिङ एप तयार पारिएको हो ।

कलब्रेक एप बनेको पाँच महिनापछि अर्थात् १३ अप्रिल २०१५ मा टेस्ला टेक नामक कम्पनी अस्तित्वमा आएको थियो । यो एपले १ मार्च २०१७ मा नै ५० लाख डाउनलोड पूरा गरेको थियो ।

भने सोही वर्षको १५ सेप्टेम्बर २०१७ मा एक करोड डाउनलोडको आँकडा पार गरेको थियो । सन् २०१९ मा कलब्रेक एपको डाउनलोड करोड पुगेपछि टेस्ला टेकले शब्दपहेली नामक अर्को गेमिङ एप ल्याएको थियो ।

यो भने ‘वर्ड पजल’ गेम हो । कम्पनीले आयकरको हिसाब गर्न सकिने ट्याक्स क्याल्कुलेटर मोबाइल एप, विद्यार्थीको प्रवेश परीक्षाको तयारीका लागि हाम्रो इन्ट्रान्स वेब एप समेत बनाएको छ । टेकपाना

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट