आफ्नै पैसा झिक्न नपाएपछि बन्दुक बोकेर बैंक कब्जा-Sutra News

आफ्नै पैसा झिक्न नपाएपछि बन्दुक बोकेर बैंक कब्जा

शुक्रबार, २७ साउन २०७९

शुक्रबार, २७ साउन २०७९

लेबननको बेरुतमा आफूले बचत गरेको पैसा निकाल्न नपाएको झोकमा छ घण्टा ब्याङ्कलाई बन्धक बनाएका एक बन्दुकधारीलाई त्यहाँका नागरिकहरूले नायक भनेर प्रशंसा गरेका छन्।



गम्भीर आर्थिक सङ्कटका कारण लेबननका ब्याङ्कहरूले बचतकर्ताहरूलाई कतिसम्म पैसा झिक्न दिने भन्ने कडा नियम लागु गराएका छन्।

राइफलधारीको झोँक

ती बन्दुकधारी राइफल बोकेर ब्याङ्कमा छिरेर पेट्रोल छर्कँदै अस्पताललाई बक्यौता तिर्नका निम्ति चाहिएकाले आफ्नै पैसा फिर्ता माग गरेका एएफपीले जनाएको छ।

उनको कार्यलाई नागरिकहरूले समर्थन गरेका थिए र ब्याङ्कबाहिर जम्मा भएर “तिमी नायक हौ” भनेर नारा लगाएका थिए।

वार्ताकारहरूले बन्दुकधारीलाई आफ्नो खाताबाट ३५,००० अमेरिकी डलर झिक्न दिने सहमति गरेपछि कुनै अप्रिय घटनाविना नै उक्त प्रकरण टुङ्गिएको एलबीसी टीभीले जनाएको छ।

प्रहरीले हमरा स्ट्रीटस्थित फेडरल ब्याङ्कको शाखाबाट बन्धकहरू र बन्दुकधारीलाई बाहिर लगेको थियो। अधिकारीहरूले ती व्यक्तिलाई कुनै अपराधको आरोप लगाइने वा नलगाइने भन्ने बारे केही भनेका छैनन्।

एलबीसीका अनुसार परिवारका केही सदस्यहरू अस्पतालमा भएका कारण बन्दुकधारीको परिवारलाई पैसाको अत्यन्त आवश्यकता थियो।

बन्दुकधारीका भाइले प्रहरीलाई भने: “मेरो दाइको ब्याङ्क खातामा २१०,००० डलर छ र उहाँलाई अस्पतालको बिल तिर्न ५,५०० मात्रै चाहिएको थियो।”

ब्याङ्कबाहिर रहेका बन्दुकधारीका भाइ र श्रीमतीले आफ्नो अधिकारको पैसा निकाल्न सबैले त्यस्तै गर्नुपर्ने बताए। बीबीसि

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट