

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले अन्यायमा परेकी भनेकी निहारिकालाई भेटेका छन् ।
उनले सामाजीक संजाल फेसबुकमा भेटको फोटो सार्वजनीक गर्दै सरकारको आलोचना गरेका छन् ।
उनले लेखेका छन्, ‘आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने ? यो अत्ति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन ।‘
उनले हिजो राष्ट्रपति भवनअगाडी आत्महत्याको प्रयास गरेकी थिइन् ।