छुरा प्रहार गरिएका रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो, बोल्न सक्ने अवस्थामा-Sutra News

छुरा प्रहार गरिएका रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो, बोल्न सक्ने अवस्थामा

आइतबार, २९ साउन २०७९

आइतबार, २९ साउन २०७९

शुक्रबार न्युयोर्क राज्यमा छुरा प्रहारमा परेका प्रख्यात लेखक सलमान रुस्दीलाइ भेन्टिलेटरबाट बाहिर निकालिएको जनाइएको छ । उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले पुष्टि गरे । त्यस्तै उनी बोल्न सक्ने अवस्थामा रहेको पनि अमेरिकी सञ्चार माध्यम वासिंगटन पोस्टले जनाएको छ । उनको स्वास्थ्यबारे थप विवरण भने दिइएको छैन् ।

यसअघि भारतीय मूलका बेलायती लेखक रुस्दीलाई छुरा प्रहार गरेको आशंकामा पक्राउ परेका हाडी मटरले न्युयोर्कको एक अदालतमा आफू दोषी नभएको दाबी गरेका थिए ।

ज्यान मार्ने प्रयास र कुटपिट गरेको अभियोगमा मटरलाइ शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । उनलाई चौटौका काउन्टी कारागारमा थुनामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट