छुरा प्रहार गरिएका रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो, घटना बारे के भने ?-Sutra News

छुरा प्रहार गरिएका रुस्दीलाई भेन्टिलेटरबाट बाहिर निकालियो, घटना बारे के भने ?

आइतबार, २९ साउन २०७९

आइतबार, २९ साउन २०७९

एजेन्सी – शुक्रबार न्युयोर्क राज्यमा छुरा प्रहारमा परेका प्रख्यात लेखक सलमान रुस्दीलाइ भेन्टिलेटरबाट बाहिर निकालिएको जनाइएको छ । उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको रुस्दीका एजेन्ट एन्ड्रयू वाइलीले पुष्टि गरे । त्यस्तै उनी बोल्न सक्ने अवस्थामा रहेको पनि अमेरिकी सञ्चार माध्यम वासिंगटन पोस्टले जनाएको छ । उनको स्वास्थ्यबारे थप विवरण भने दिइएको छैन् ।



यसअघि भारतीय मूलका बेलायती लेखक रुस्दीलाई छुरा प्रहार गरेको आशंकामा पक्राउ परेका हाडी मटरले न्युयोर्कको एक अदालतमा आफू दोषी नभएको दाबी गरेका थिए ।

ज्यान मार्ने प्रयास र कुटपिट गरेको अभियोगमा मटरलाइ शुक्रबार अदालतमा उपस्थित गराइएको थियो । उनलाई चौटौका काउन्टी कारागारमा थुनामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट