काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनता लुटिएकाले मन पोलेको बताएका छन् । आइतबार काठमाडौमा आयोजिक ‘युवासँग केपी ओली’ कार्यक्रममा बोल्दै ओलीले सो कुरा गरेका हुन् ।
उनले सेटिङमा बजेट बन्ने र करका दर व्यापारीले तोक्दा मन पोल्ने बताए । उनले भने सेटिङमा बजेट बन्छ, करका दर व्यापारीले तोक्छन् अनि मन पोल्छ । जनता लुटिएकाले मन पोल्छ, सरकार कसैको मानपदवी बढाउन नभइ देशमा सुशासनका लागि होस् भनेर मन पोल्ने गरेको छ
उनले हरेक नेता आडम्बरी र पाखण्डी हुन छोडेर त्यागी भएमात्रै देश विकास हुने पनि बताए । सरकारलाई आलोचना गर्ने रुची नभएको भन्दै उनले आफूलाई जनताले दुख नपाओस् भन्ने मात्र भएको बताए ।