काठमाडौं महानगरमाथि धरानका मेयर हर्कको कडा व्यंग्य – ‘प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो’-Sutra News

काठमाडौं महानगरमाथि धरानका मेयर हर्कको कडा व्यंग्य – ‘प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको विजोग देख्दा श्रमदान गर्न मन लाग्यो’

आइतबार, २९ साउन २०७९

आइतबार, २९ साउन २०७९

काठमाडौं – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) ले काठमाडौं महानगरपालिकामाथि कडा व्यंग्य गरेका छन् । काठमाडौंमा फोहरको व्यवस्थापन राम्रो नहुँदा त्यहाँका जनताले कष्ट बेहोरिनुपरेको छ ।



यसैबीच मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत काठमाडौं चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा दुख लागेको बताएका छन् । काठमाडौंमा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागेको उनको भनाई छ । त्यति मात्र होइन उनले भनेका छन् – ‘प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो’

यस्तो छ मेयर हर्कको भनाई – ‘काठ्माण्डौँको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लागो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो !’

मेयर साम्पाङ यतिबेला आफ्नो क्षेत्रमा जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिएका छन्। धरानमा भएको खानेपानी समस्या पनि उनले समाधान गरिरहेका छन् । उनको हरेक अभियानमा धराने अधिकांश जनता सहभागी भएका छन् ।

काठमाडौं महानगरको मेयरमा बालेन्द्र शाह बालेन छन् । उनी पनि हर्क जस्तै गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट लौरो चिन्ह लिएर विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट