काठमाडौं – अभिनेत्री करिश्मा मानन्धर फेरि एकपटक विवादमा तानिएकी छिन् । चलचित्र क्षेत्रमा राम्रो छबि बनाएकी करिश्माले राजनीतिको बाटो रोजिन् । बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी हुँदै उनी अहिले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेमा छिन् ।
राजनीतिमा लागेसँगै उनले विभिन्न चर्चाका बिषयलाई लिएर टिप्पणी गर्न थालेकी छिन् । अहिले उनी निहारिका राजपुतका बिषयमा दिएको अभिव्यक्तिले विवादमा तानिएकी छिन् । केही समयअघि सामाजिक सञ्जालमा नै आफ्नै छोरी बनाउछु भन्दै सँगै तस्विर खिचाएकी थिइन् । तर अहिले भने उनी निहारिकाकै विरुद्धमा खनिएपछि विवादमा तानिएकी हुन् ।
शनिवार गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यलयका पत्र सार्वजनिक गर्दै उनले महिला पीडित भए पनि कसैले उनलाई उस्काएको बताइन् । अहिले सामाजिक सञ्जालमा धेरैले करिश्मालाई राजनीतिका लागी अपरिपक्क भएको बताइरहेका छन् ।