ओली पत्नी राधिकाले मानवसेवा आश्रममा मनाइन् जन्मदिन-Sutra News

ओली पत्नी राधिकाले मानवसेवा आश्रममा मनाइन् जन्मदिन

सोमबार, ३० साउन २०७९

सोमबार, ३० साउन २०७९

पूर्व प्रधानमन्त्री के.पी शर्मा ओलीको श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाएकी छन्।



मानवसेवा आश्रमको संरक्षक समेत रहेकी शाक्यले नागार्जुन नगरपालिकामा रहेको आश्रमको शाखामा आइतबार बेलुका जन्मदिन मनाएकी हुन्।

शाक्यले जन्मदिनको अवसरमा मानवसेवा आश्रमको संरक्षणमा रहेका लक्ष्मीनारायण र बालगोपालहरुलाई भोजन गराउनका लागि ५२ हजार योगदान गरिन्।

उक्त कार्यक्रम पूर्व प्रधानमन्त्री के.पी शर्मा ओलीको विशेष उपस्थितिमा भएको थियो। ओलीले आश्रममा आश्रितहरुलाई आफ्नै हातले भोजन गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट