काठमाडौं – नेपाली काँग्रेसका कार्यकर्ताले पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको ढल्केवरमा चक्काजाम गरेका छन् । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी थिइन् ।
यसैको विरोधमा कांग्रेसका कार्यकर्ताहरुले ढल्केवरमा चक्काजाम गरेका हुन् । उनीहरुले नागरिकता विधेयक छिटो प्रमाणीकरण गर, संविधानका धारा लागू गर लगायतका नाराहरु लगाउँदै आधा घण्टा चक्काजाम गरेका हुन् ।
जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनुपर्ने पनि उनीहरुले माग गरेका छन् ।