अफगानिस्तानमा तालिबान सत्ताको एक वर्ष पूरा-Sutra News

अफगानिस्तानमा तालिबान सत्ताको एक वर्ष पूरा

सोमबार, ३० साउन २०७९

सोमबार, ३० साउन २०७९
Taliban fighters take control of Afghan presidential palace after the Afghan President Ashraf Ghani fled the country, in Kabul, Afghanistan, Sunday, Aug. 15, 2021. (AP Photo/Zabi Karimi)

एजन्सी – अफगानिस्तानमा तालिबान विद्रोहीले सत्तापलट गरेको एक वर्ष पूरा भएको छ । गत वर्षको १५ अगस्टमा तालिबानले सत्ता कब्जा गरेको थियो । तालिबानले अफगानिस्तानमा आफ्नो सत्तामा फर्केको पहिलो वर्षगाँठ सोमबार राष्ट्रिय बिदाको साथ मनाएको छ । तर, धेरैले महिला अधिकार कटौती भएको र मानवीय संकट झनै बिग्रिएको अशान्त वर्षको रूपमा हेरेका छन् ।



ठ्याक्कै एक वर्षअघि कट्टरपन्थी इस्लामवादीहरूले काबुल कब्जा गरेपछि सरकारी सेनाविरुद्धको राष्ट्रव्यापी आक्रमणले अमेरिकी नेतृत्वको २० वर्ष लामो सैन्य हस्तक्षेपको अन्त्य गरेका थिए ।

‘हामीले जिहादको दायित्व पूरा गर्यौं र हाम्रो देशलाई स्वतन्त्र ग¥यौं’ गत वर्ष अगस्ट १५ मा काबुलमा प्रवेश गरेका लडाकु नियामातुल्लाह हेक्मतले तत्कालीन राष्ट्रपति असरफ घानीले देश छोडेको केही घण्टापछि भनेका थिए ।

अफगानिस्तानमा तैनाथ विदेशी फौजले ३१ अगस्टसम्म देश खाली गरेका थिए । विदेशी फौजको बहिर्गमनसँग हजारौँ सर्वसाधारण अफगानी देश छाड्न विमानस्थलमा पुगेका थिए । उनीहरूमध्ये कतिपय केही भाग्न सफल भए भने कोहीलाई तालिबानले विमानस्थलबाट फर्काएका थिए ।

हवाइअड्डामा भीडको तस्बिरहरू, विमानमाथि चढेको र अमेरिकी सैन्य कार्गो विमानबाहिरै टाँसिएको दृश्यसहितका समाचारले संसारभरका मानिसको ध्यान केन्द्रित भएको थियो ।

तालिबान सत्तामा आएपछि अधिकांश महिलाको अधिकार कटौती भएको छ । सत्तामा आएपछि लामो समयसम्म तालिबानले बालिकालाई विद्यालय जानबाट रोक लगाएको थियो । त्यस्तै, महिला सरकारी कर्मचारीलाई पनि महिनौँसम्म घरमै बेतलबी बिदामा बस्न बाध्य पारेको थियो । आफ्ना अधिकार कटौती भएको विरोधमा महिलाहरूले प्रदर्शन गर्दै आएका छन् ।

तालिबान सत्तामा पुगेपछि यसअघि दातृ निकायले दिँदै आएको ऋण र सहयोग पनि कटौती गरेका छन् । राष्ट्रसंघका अनुसार अफगानस्तानको ठूलो जनसंख्या भोकमरीको जोखिममा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट